कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा आयोजना भएको प्रथम स्थानिय स्तरको पुरुष फुटबल प्रतियोगिताको उपाधी ए वान स्टार सहाराले जितेको छ।

बेल्डाँडी फुटबल एकेडेमी बेल्डाँडी गाउँपालिका वडा नं.- ०१ ले बिजया दशमीको उपलक्ष्यमा आयोजना गरेको प्रथम बेल्डाँडी स्थानीय स्तरको पुरुष फुटबल प्रतियोगिता २०८२ को च्याम्पियन ए वान स्टार सहारा बनेको हो।

फाइनल खेल बेल्डाँडी फुटबल एकेडेमी र ए वान स्टार सहारा बिच भएको उत्कृष्ट खेलमा ४-१ गोलको अन्तरले बेल्डाँडी फुटबल एकेडेमी लाई हराउदै ए वान स्टार सहाराले उपाधी माथी कब्जा जमाएको छ।

प्रतियोगिताको च्याम्पियन टिम ए वान सहाराले ५१ हजार १ सय ११ रुपैया नगद राशी, उपविजेता टिम बेल्डाँडी फुटबल एकेडेमीले नगद राशी २५ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र मेडल र आकर्षण ट्रफी समेत हात पारेको छ।
प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु जसमा उत्कृष्ट गोलरक्षक ए वान स्टार सहाराका लोकेन्द्र साउँद सर्वाधिक गोलकर्ता बेल्डाँडी फुटबल एकेडेमीका रोमोस पार्की, ए वान स्टार सहाराका अनिल बडवाल उत्कृष्ट मिडफिल्डर, ए वान स्टार सहाराका दिपेश खाती उत्कृष्ट डिफेन्स, फुटबल एकेडमीका जगदिश चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी, फुटबल एकेडेमीका जेम्स पार्की उदयमान खेलाडी घोषित भए। उनलाई प्रमाणपत्र ट्रफी प्रदान समेत गरेको छ।
प्रतियोगिताको समापन कार्यक्रमको सभापतित्व बेल्डाँडी फुटबल एकेडेमीका अध्यक्ष केशब बिष्ट, प्रमुख अतिथि बेल्डाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष शान्ती नाथ, बेल्डाँडी गाउँपालिका खेलकुद बिकास समिति अध्यक्ष डम्बर सुनार, समाजसेवी तेज सिंह धामी, बेल्डाँडी पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष गोकर्ण जोशी, बेल्डाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्ट लगायत खेलाडी खेलप्रेमि लगायतको उपस्थिति रहेको थियो।
घटस्थापनाको दिन असोज ६ गते देखि सुरु भएको प्रतियोगिता असोज १५ गते एक कार्यक्रमका साथ सम्पन्न भएको हो ।प्रतियोगितामा आयोजकसहित १५ टिमले प्रतिस्पर्धा गरेका थियो। दशैँको अवसर पारेर बेलडाँडीमा हरेक वर्ष खेलकुद गतिविधि हुँदै आएको भए पनि यसपालि बेलडाँडी फुटवल एकेडेमी दर्ता भई औपचारिक रूपमा पहिलो पटक आयोजना गरिएको हो ।
