दशैँमा मासुका लागि पहाडका ‘खसी–बोका’ तराईतिर

डिल्लीराज पन्त/कञ्चनपुर: दशैँमा मासुका लागि पहाडका ‘खसी–बोका’ तराईतिर बिक्रिका लागि तराईतिर ल्याईएका छन । डडेल्धुरा भित्रिमधेश पहाडका ‘खसी–बोका’ तराई कञ्चनपुरको ब्रम्हेदब, महेन्द्रनगर, सुडा, दैजी, झलारी, वाणी, गुलरिया बजारमामा बिक्रिका लागि तराईतिर ल्याईएका हुन ।

दशै–तिहार खर्च जुटाउनका लागि स्कुले बालबालिका सहित खसी–बोका बिक्रि गर्न भित्रि मधेश मलासका किसानहरु कञ्चनपुर आएका छन् । बर्षभरी मेहनत गरेर बाख्रा पालेका कृषकहरु दशै— तिहार खर्च जुटाउनका लागि खसीबोकालाई घुम्ती कारोबारका गर्दै तराई पुगेका छन । हरेक बर्ष दशैँ, तिहारका बेला बिक्रिका लागि तराई आउने गरेका किसानले निश्चित बिक्रि केन्द्र नहुँदा घुम्ती रुपमा बिक्रि गर्न बाध्य भएको गुनासो पोखेका छन ।

कृषि तर्फ तीनै सरकारले ठुलो रकम खर्चिएपनि कञ्चनपुरमा रहेको मण्डी व्यवस्थापन नहुँदा बाह्य क्षेत्रबाट बाख्रा बेच्ने किसान मारमा पर्दै आएका हुन । खसी, बोका बिक्रि गर्न तराई आएका किसान जहाँ राती प¥यो त्यहि असुरक्षित बास बस्दै आएका छन । यसरी आफ्नो र खसीबोकाका लागि उपयुक्त बस्ने बासस्थान अभावले उनीहरु झन मारमा पर्दै आएको उनीहरुकोे गुनासो छ । महेन्द्रनगरमा खसीबोका खरिद विक्री गर्ने निश्चित स्थान नभएका कारण बाख्रा पालक किसान महेन्द्रनगर लगायत आसपासका बजारमा घुम्ती कारोबार गरिरहेका छन् ।

धेरैजसो कृषकहरु खसि बोका लाई राजमार्ग किनार ,बसपार्कक्षेत्र तथा नगरपालिका अगाडिको क्षेत्रमा ल्याई विक्रवितरण गर्ने गर्दछन ।घरमै पालेका अन्य छिमेकीका बाख्रा ल्याएर बिक्रि वितरणका लागि तराईको बजार आएपनि उनीहरुका खसीबोका बिक्रि वितरण हुन लागेका छैनन् । उचित दाम नपाएपछि उनीहरुले सस्तोमै बिक्रि वितरण गरेका छैनन । जिउँदै खसी प्रतिकिलो ५ सय र बोका ६सय रुपैयामा मुल्य निर्धारण गरेका छन । चार दिन अघि खसीबाख्रा बेच्नका लागि डडेल्धुराको परशुराम नगरपालिका ८ कर्रानीबाट महेन्द्रनगर पुगेका गौरी धामी खसीबाख्रा बिक्रि नभएपछि हैरान भएका छन । ‘दशौँ तिहारको खर्च जोह गर्न र घरयासी खर्च जुटाउनका लागि नगदमै बाख्रा बेच्नका लागि महेन्द्रनगर आएका हौँ, ‘उनले भने, ‘अपेक्षा अनुरुप बिक्रि हुन लागेका छैनन, बस्ने ठाँउ पनि छैन ।’

महेन्द्रनगरमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तु तथा सेवा बिक्रि वितरण स्थल नभएपछि उनीहरुको बस्ने ठेगान पनि नहुँदा हैरान भएका छन । ‘हामी टाढा गाँउबाट यहाँ शहर आएका छौँ, ‘धामीले भने, ‘न बस्ने ठाँउ न बिक्रि गर्ने ठाँउ घुम्तीमै बाख्रा बेच्नुपर्ने बाध्यता छ ।’ परशुराम नगरपालिका ८ कर्रानीकै अर्का स्थानीय मान बहादुर बोहराले पनि गाँउबाट आएको चार दिनवितिसक्दा पनि एक खसीबोका समेत बिक्रि नभएको दुखेसो पोखे । ‘हामी गाँउबाट आएको दिनदेखि अहिलेसम्म एक बोकाखसी मसेत बिक्रि भएको छैन, ग्राहकआउँछन, हेर्छन, सोधेर जान्छन ।’ कृषिजन्य पदार्थ बिक्रि वितरणका लागि केन्द्र नहुँदा एकातिर किसान मारमा अर्कातिर उपभोक्ताले स्वच्छ मासु उपभोगबाट बञ्चित भएका छन ।

बाख्रा किसान धामी र बोहरा जस्तै दर्शनौँ किसान बाख्रा बिक्रिका लागि महेन्द्रनगर आएका छन । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष बिशाल सोनारले किसानले उत्पादन गरेको कृषि उपजबस्तु बिक्रि वितरणका लागि सरकारी निकायसंग समन्वय गरेर केन्द्र बनाउने बताए । ‘कृषिउपज बस्तु तथा सेवा बिक्रि वितरणका लागि केन्द्र भएपनि सहजै किसान र उपभोक्तार्ई खरिदबिक्रिका लागि सहज बनाउँछौँ, ‘अध्यक्ष सोनाले भने, ‘यसमा सरकारी निकायबाट सहयोग हुनुपर्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले किसानले उत्पादन गरेका कृषि उपज बिक्रि वितरणका लागि सम्बन्धीत पालिकाबाट हाट बजारको माग भए बजेट दिने बताउँदै आएपनि प्रदेश सरकार अनुदानमा बजेट उडाउँदै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पुर्व सचिव डा. मदन सिह धामीले किसानले उत्पादन गरेका बस्तु तथा सेवा बिक्रि वितरणका लागि हाट बजार मार्फत सहज बिक्रि वितरणका लागि तीनै सरकार मार्फत कृषि उपज बिक्रि केन्द्र निर्माण भएसंगै किसानका बस्तु तथा सेवा खपत हुने बताए ।

ताजा समाचार