जेनजी आन्दोलन : कञ्चनपुुरमा अन्दाजी झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

कञ्चनपुर : गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर, सरकारी सार्वजनिक सम्पत्तीमा तोडफोड, लुटपाट एव आगजनी गरेर ४६ करोड, ७१लाख, ५४ हजार ७६ रुपैया बराबरको क्षति भएको छ । २४ विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट गरेर १४करोड, २८लाख, ६४ हजार, १९ निजी निवासमा पनि आगजनी, तोडफोड, लुटपाट गरेर ११करोड, १५लाख, ५० हजार ५सय ५८रुपैया, काँग्रेस, एमाले, माओवादीका ५ पाटी कार्यालय ७०लाख, ३८ हजार, दुई क्यासिनो सहितका ६ व्यवसायिक केन्द्रमा १८करोड, ३८लाख, ५४ हजार, ७ प्रहरी कायर्उालय ६३ हजार ७सय, १९ सवारी साधन २करोड, १७लाख, १०हजार ५१८ र एक एनसेल सेन्टरमा ३लाख बराबरको क्षतिग्रस्थ भएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले प्रहरीले प्रारम्भिक मुचुल्का संकलनका क्रममा सरकारी, निजी भौतिक सम्पतीमा यक्त क्षति भएको बताए । ‘यो भन्दा बढी पनि हुनसक्छ, ‘एसपी खत्रीले भने, ‘अहिले यति आएको छ ।’ आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखक सहित तत्तकालिन सत्ताधारी काँग्रेस, एमाले नेताका निजी घर पालिका सहितका सरकारी कार्यालयमा तोडफोड, आगजनी, लुटपाट गरेका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले चाडवार्डलाई लक्षित गरेर सीमानाका, बसपार्क सहितका भिडभाड हुने जिल्लाभरी सुरक्षा प्रबन्ध मिलाएको बताए । प्रवक्ता बोहराले चाडवार्ड सुरक्षा योजना अनुरुप खटिएको बताए । चालु आर्थिक बर्षकोे दुई महिनामा चोरी तस्करी नियन्त्रणमा समेत प्रहरीले उल्लेख्य काम गरेको जनाएको छ । साउन भदौँमा तस्करीमा संलग्न ३मानिस, २१ सवारी साधन नियन्त्रण गरेर १ करोड, २२ लाख, २हजार ३९१रुपैया बराबरका अवैध समान बरामद गरिएका छन ।

गैर कानुनी रुपमा सवारी संचालनदेखि मपासेबाट जरिवाना, ट्राफिक दुर्घटना सचेतना कार्यक्रम संचालन गरिएको प्रहरीले जनाएको छ ।प्रतिबन्धित अवैध चल्ला, कुखुरा, माछा समेत बरामद गरिएको छ। ७६ हजार ट्राफिक जरिवाना अशुलेको छ । फरार भएका कैदीबन्दी पक्राउदेखि सचेतनाका कार्यक्रम संचालन गरिएको छ । कञ्चनपुर प्रहरीले सयमित भएर तिहार मनाउन समेत अपिल गरेकोे छ । कार्यक्रममा कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापाले चार्डवाडका बेला सम्वेदनशिल भएर कामकाज गर्नुपर्नेदेखि आम नागरिकले समेत सचेत भएर तिहार मनाउनुपर्नेमा सुझाव दिएका छन ।

ताजा समाचार