कृष्णपुर(गुलरीया: कृष्णपुर नगरपालिका ६ बन्जरीया स्थीत महाकाली सामुदायिक वन उपभोक्ता समुहको शुक्रवार १८औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष वीर बहादुर राजवंशीको सभापत्विमा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि वडा अध्यक्ष बाबुराम चौधरी रहनु भएको थियो ।बिशिष्ठ अतिथिमा सामुदायिक वन राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव पुनाराम चौधरी रहनु भएको थियो । साधारण सभामा आब २०८२÷०८३ को अनुमानित रु ४८ लाख ३२ हजार ९६५ बरावरको आय व्ययको विवरण अध्यक्ष राजवंशीले प्रस्तुत गर्नु भयो ।

आय व्ययको विवरण प्रस्तुत गर्नु हुदै उहाँले प्रदेश सरकारको वन ऐन, वन नियमावली र स्थानिय सरकार सञ्चालन ऐन २०७४ को वार्षिक सर्भेक्षण कटानी संकलन २०८० कार्ययोजना र सामुदायिक वनको विधानको परिधि भित्र रहि समग्र परिस्थीति अनुसार प्रविधिको विकास र आवश्यकतालाई न्यूनतम सम्बोधन हुने गरी अनुमानीत आय व्ययको विवरण प्रस्तुत गरिएको बताउनु भयो । उहाँका अनुसार अनुमानित बजेटमा वन संरक्षण, सम्बद्र्धन गर्ने, सामाजिक विकास अन्र्तगत विपन्न, गरिव, उद्यम विकास र महिला सशक्तिकरणका कार्यक्रम राखिएका छन ।यो संगै वन विकास कार्यक्रमहरु, सामुदायिक विकास सम्बन्धी कार्यक्रम, गरिवि न्यूनिकरण, जलवायू परिवर्तन अनुकूलन तथा विपद जोखिम व्यवस्थापन, उपभोक्ता समुहको कार्यालय भवन व्यवस्थापन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रममा सामुदायिक वनका कोषाध्यक्ष कालुसिंह डगौराले आब २०८१÷०८२ को रु ३७ लाख ८० हजार ७१५ बरावरको आय व्ययको विवरण साधारण सभा समक्ष प्रस्तुत गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बाबुराम चौधरीले सामुदायिक वनले वन संरक्षणमा गरेको प्रयास प्रशंसनिय रहेको बताउनु भयो । पहिले र अहिलेको वन क्षेत्रलाई तुलना गर्दा अहिले सामुदायिक वनको पुर्न उत्पादनले वन हराभरा भएको बताउनु भयो । वन संरक्षणको कार्यले उपभोक्ताको आयस्तरमा बृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि पुनाराम चौधरीले दीगो वन कार्यक्रमलाई छिटो भन्दा छिटो सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चलन भएका सामुदायिक वनहरुको घाटगद्दिमा राखिएको काठ लिलाम प्रक्रिया रोक्काको कार्य फुकुवा गरी उपभोक्ताको अधिकार स्थापीत गर्नु पर्ने बताउनु भयो ।साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि विशिष्ठ अतिथि लगायतले सामुदायिक वन संरक्षणमा योगदान पुरयाउने, समुह, तथा उपभोक्ता समितिलाई प्रशंसा पत्र सहित सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक वनका उपाध्यक्ष निसान्त खडकाले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सामुदायिक वनका कार्यालय सचिव रामकृष्ण चौधरीले गर्नु भएको थियो । साधारण सभामा थारु संस्कृति र डोटेली संस्कृति सम्बन्धी नृत्यहरु प्रस्तुत गरिएका थिए । साधारण सभामा विभिन्न सामुदायिक वनका पदाधिकारी, सव डिभिजन वन कार्यालयका प्रतिनिधि, प्रहरी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मी र आम उपभोक्ताको सहभागीता रहेको थियो ।
