जिम हाउस तेक्वान्दो डोजाङ्गले तेक्वान्दो संघका नवनिर्चातिक के.सी.लाई स्वागत ग¥यो

कञ्चनपुर : भीनपा–१८ वागवानी स्थित जिम हाउस तेक्वान्दो डोजाङ्गले कञ्चनपुर जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र के.सी. लाई भव्य स्वागत गरेको छ।

बुधबार आयोजित कार्यक्रममा अध्यक्ष के.सी.लाई बधाई सहित स्वागत गरिएको थियो। सो अवसरमा संघका निर्वतमान अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह ले आफ्नो कार्यकालमा गरेका योगदानको उच्च मूल्याङ्कन गर्दै जिम हाउस तेक्वान्दो डोजाङ्गका सञ्चालक ग्राण्डमास्टर हेम बहादुर बस्नेतले उनलाई सम्मान गरेका छन्।

कार्यक्रममा अष्ट्रेलियाबाट आएका गुरु महादेव धानुक समेत स–परिवार स्वागत गरिएको थियो । त्यस्तै, कार्यक्रममा उपस्थितले दशैं–तिहारको अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।

ताजा समाचार