निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीको पदभारनिर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीको पदभार

समग्र जिल्लाभरीका निर्माण व्यवसायीको हकहितमा काम गर्छु : अध्यक्ष अवस्थी

कञ्चनपुर : निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघको १५औँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका हुन ।

सोमबार एक कार्यक्रमका विच संघकै सभाकक्षमा निर्वाचित पदाधिकारी एव सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । निर्वाचन संयोजक पदमराज भट्टले अध्यक्ष अवस्थी र अवस्थीले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीले समग्र जिल्लाभरीका निर्माण व्यवसायीको हकहितमा काम गर्ने प्रण गर्दै संघलाई एकढिक्का भएर लग्ने बताए । कार्यक्रममा निर्वतमान अध्यक्ष निरञ्जन प्रशाद भट्टले आफ्नो कार्यकालमा व्यपसायीकोे हकहितका लागि थुप्रै काम गरेकाले नयाँ समितिले पनि निरन्तरतामा जोडदिएका छन ।

ताजा समाचार