बेल्डाँडी निकुञ्ज क्षेत्र बस्तीमा जङ्गली जनावरको त्रास!

बेल्डाँडी: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका निकुञ्ज नजिक क्षेत्रमा रहेका बस्तीमा जङ्गली जनावरको त्रास रहेको छ।

बेल्डाँडी गाउँपालिका वडा नं- ०१ कालिका टोल,दोकट्टा टोल लगायतका क्षेत्रमा जंगली जनावर हात्ती र बाघको त्रास बढ्दो क्रममा रहेको छ। शुक्रबार राती निकुञ्ज क्षेत्रमा गाईको बाच्छोको घाटिमा बाघले आक्रमण गरि मृत्य भएको समाजसेवी एवम् अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायर बताउनु भयो। उनका अनुसार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको उक्त बस्तीको छेउछाउ नजिकै बाघले गाईको बाच्छालाई घाटिमा आक्रमण गरेको हो। कालिका मन्दिर देखि २ सय मिटर टाढा जंगल छेउमा बाघले गाईको बाच्छा माथि आक्रमण गरेको छ।

बस्ती क्षेत्रमा सतर्कता बढाउन स्थानीय निकाय र निकुञ्जले समेत पहल कदमी अगाडि बढाउनु पर्ने यसमा गम्भीरता ध्यानाकर्षण होस् समाजसेवी युवा उक्त घटनाका प्रत्यक्षदर्शी तर्कराज भट्ट (टिआर) बताउनु भयो।

एकातिर हात्तीको आतंकले जनता त्रसित भएको बेलामा बाघको पनि छुट्टै त्रास रहेको स्थानीय अल स्टार युवा क्लबका उपाध्यक्ष मनोज खडायतले बताए। केही दिन ढक्का चानदेव बाट बेल्डाँडी आउने क्रममा बेल्डाँडीका युवा एक युवा गत सनिवार हातिको आक्रमणमा परि घाइते भएका थिए। अहिले उनको नवजिबन हस्पिटल धनगढीमा उपचारको क्रममा रहेका र पछिल्लो समयमा स्थानीयमा त्रास समेत छायको छ।

ताजा समाचार