सुरक्षा अपडेट: नेपाली सेनाको सक्रियता एकपछि अर्को सफलता, लुटपाटमा संलग्न ४ जना पक्राउ

महेन्द्रनगर: नेपालमा सिर्जना भएको दयनीय अवस्थालाई सहज बनाउन नेपाली सेना सडकमा तैनाथ भएपछि नेपाली सेनाको सक्रियता संगै एकपछि अर्को सफलता हात पारेको छ।

देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात २०८२ भाद्र २५ गतेको विहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।

सुरक्षा तैनाथ सेनाले डिल्लीबजार – नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली रु. २,३२,५०० र USD २५०० बरामद गरिएको छ ।

सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिईएको छ, भने काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई समेत रोक्न सफल भएको छ।

ताजा समाचार