सुरक्षा अपडेट: तेत्तीस लाख ७० हजार सहित हातहतियार बरामद, २७ जना पक्राउ !


काठमाडौ: आन्दोलनको नाममा लुटपाट गर्ने २७ जना सहित तेत्तीस लाख ७० हजार रुपैया सहित हातहतियार नेपाली सेनाले बरामद गरेको छ।

नेपालमा पछिल्लो समय चर्किएको जेन-जी आन्दोलनको नाममा अनैतिक काम कार्यमा संलग्न २७ जना सहित लाखौं पैसा र हातहतियार बरामद गरेको नेपाली सेनाले जनाएको हो।

२०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरि नियन्त्रणमा लिन सफल भएको थियो।

जसमा ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको छ, र काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट लाखौं पैसा बरामद गरि काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img