एन्फा केन्द्रीय अध्यक्ष नेम्वाङले गरे लालझाडी युवा क्लब-११ को भवन उद्धघाटन

धनगढी:कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लालझाडी युवा क्लब -११ को नवनिर्मित भवनको उद्धघाटन अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङले गर्नु भएको छ।

आइतबार कञ्चनपुर जिल्लामा फिफा फोर स्कुल कार्यक्रमको उद्धघाटनको अवसरमा लालझाडी युवा क्लब-११ को नवनिर्मित भवनको उद्धघाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष नेम्वाङले नवनिर्मित भवनको उद्धघाटन एक कार्यक्रमका साथ गर्नु भएको हो।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा लालझाडी युवा क्लब-११ को भवनको निर्माण कार्य सम्पन्न भएको लालझाडी युवा क्लब-११ महासचिव हर्क दानपालिले बताउनु भयो।

उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, दिपक खतिवडा, सदस्य बिकाश नारायण श्रेष्ठ, सरिला श्रेष्ठ, मणिराज बिष्ट र पुरुष्तम थापा सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, कञ्चनपुर जिल्ला फुटबल संघ अध्यक्ष गणेश बहादुर चन्द, कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल लगायत पदाधिकारी लगायत खेलप्रेमी खेलाडीको उपस्थिति रहेको थियो।

ताजा समाचार