महेन्द्रनगर: कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा जारी आठौं संस्करणको बेल्डाँडी खुला नकआउट पुरुष फुटबल प्रतियोगिता २०८२ अन्तर्गतसमुह ‘ख’ अन्तर्गत दोधारा र पुनर्वास सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गौरा पर्वको अवसरमा अल स्टार युवा क्लबले आयोजना गरेको प्रतियोगिताको छैठो दिन भएको तेस्रो क्वाटरफाइनल खेलमा दोधाराले वाईबी स्टार लाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

त्यस्तै, चौथो क्वाटरफाइनल खेलमा पुनर्वास नगरपालिकाले ईटाहा चारपाते युवा क्लबले १-० गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको प्रतियोगिता संयोजक तथा आयोजक क्लबका उपाध्यक्ष मनोज खडायतले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत भदौ १३ गते समूह ‘क’ अन्तर्गत पहिलो सेमिफाइनल खेल झिलमिला युवा समाज र दिप ज्योती युवा क्लब बिच दिउँसो १:०० बजे प्रतिस्पर्धात्मक खेल हुनेछन् भने दिउँसो ३:०० बजे समूह ‘ख’ अन्तर्गत पुनर्वास नगरपालिका र दोधारा के.एफ.सि बिच सेमिफाइनलका दुवै खेल हुनेछन् भने उपाधि निर्णायक फाइनल खेल भदौ १४ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता च्याम्पियन टिमले ८२ हजार नगद पुरस्कार ट्रफी प्रमाणपत्र र मेडेल, उपविजेता हुने टिमले ४५ हजार नगद पुरस्कार राशी ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाउने छ। विभिन्न उत्कृष्ट विधाका खेलाडीलाई समेत पुरस्कार रहेको छ।
