रश्मिका मल्ल र करण साउदको अभिनयमा डेउडा गीत “धनसिङ्या जिउनुई छ” सार्वजनिक

कञ्चनपुर : नेपाली मौलिकता झल्काउने नयाँ देउडा गीत “धनसिङ्या जिउनुई छ” सार्वजनिक भएको छ । गीतलाई न्यू काफली म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीतको कथा समाजमा बारम्बार देखिने यथार्थसँग गाँसिएको छ । विवाह पछि भारत कमाउन गएका एक युवकले परिवारसँग बेवास्ता गर्ने, घरमा चासो नदिने, कमाएको पैसालाई दारु र जुवामा खर्च गर्ने, झगडा गर्ने र लामो समय सम्म सम्पर्क विहीन भएर बसेको अवस्थालाई गीत मार्फत प्रस्ट चित्रण गरिएको छ। लामो समयपछि मात्र घरपरिवारमा संवाद हुने प्रसङ्गलाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

भिडियोमा कलाकार रश्मिका मल्ल ठकुरी र करण साउदले अभिनय गरेका छन्। उनीहरूको प्रस्तुतिले कथा अझ प्रभावकारी बनेको दर्शकले प्रतिक्रिया दिएका छन्। पोशाक, हाउभाउ र अभिनयमा मौलिकताको झल्को देखिनुका साथै भिडियोमा प्रयोग गरिएको दृश्य–शैलीले आधुनिकपनको स्वाद पनि दिएका कारण गीतलाई परम्परा र आधुनिकताको संगमको रूपमा हेरिएको छ ।

गीतलाई वास्तविक झल्काउन कलाकार रश्मिका मल्ल र करण साउदको अभिनयले निकै महत्वपुर्ण भुमिका खेलको छ । लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत रश्मिका यो भन्दा पहिले पनि दुईटा भिडियो ‘प्रेमले गरिबी मन पराउदैन’ र ‘के चल्छ र यो सास’ मा उनको अभिनय देख्न सकिन्छ । छोटो समयमा कलाकारिता मार्फत आफनो पहिचान बनाउन सफल भएकी रश्मिका पढाई सँगै कलाकारितामा आफनो पहिचान बनाउने बताउछिन् । उनको प्रेमले गरिबी मन पराउदैन भन्ने गित युटुबमा सार्वजनिक भए सँगै छोटो समयमा १० लाखा भन्दा बढी दर्शकले मन पराएका छन् ।

यस गीतमा गायक पदम कार्की र गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ भने शब्द चर्चित सर्जक टेक बहादुर ऐरले लेखेका छन्। लय पदम कार्कीकै रहेको गीतको भिडियो रमेश बिजुली बीसीले निर्देशन गरेका हुन्।

ताजा समाचार