मंगल जोशी/बेल्डांडी: कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक निजी विद्यालयले स्थानीय महिलाहरुको सम्मानमा तीजोत्सव कार्यक्रमको आयोजना गरेको छ । ‘‘नारीको सम्मान: हाम्रो अभियान’’ मुल नाराका साथ बेलडाँडी गाँउपालिका १ मा रहेको बेलडाँडी नवज्योती पब्लिक स्कुलले तीजोत्सव कार्यक्रमको आयोजना गरेको हो । आइतबार एक कार्यक्रमका विच विद्यालयमै नेपाली महिलाहरुको परम्परा, धर्म, संस्कृति संरक्षणका लागि सो कार्यक्रम गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा संस्थापक प्रिन्सिपल हर्कराज जोशीले बेल्डांडी क्षेत्रमा नीजी बिद्यालयका तर्फ बाट पहिलो पटक नेपालीको संस्कृति संरक्षणका लागि आफुले नै अग्रसरता लिन चाहेको बताए ।

‘‘हामी यस क्षेत्रको निजी शैक्षिक संस्थाको हैसियतमा अग्रीण संस्था भएकाले, पहिलो र सबैभन्दा बढी जिम्मेबारी हाम्रो नै भएको अनुभूति गरेका छौं । हामीले यो बर्ष देखि यस क्षेत्रमा नेपाली समाजको परम्परा, संस्कृति र जातिय विविधतालाई एकतामा बाँध्ने प्रयास गरेका छौँ, ‘प्रिन्सिपल जोशीले भने, ‘यो हाम्रो आरम्भ हो, यस पश्चात हामी निरन्तर रुपमा सबैले पिछडीएको भनिएको यस क्षेत्रमा उदाउदो सुर्य झै चम्किने छौँ ।’ उनले यसलाई आफ्नो प्रमुख सम्झिदैं भने सामाजिक दायित्व भएको जनाउंदै नारीको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रमा समाजिक महिलालाई सम्मान गर्दै, साँस्कृतिक कबार्यक्रम सहित निजी संस्थाबाट ठुलो बृहद कार्यक्रम गरेको प्रिन्सिपल जोशीले बताए ।

नवनियुक्त आएका शिक्षक नवराज जोशीले नियमित शैक्षिक कामकाज सहित विद्यालयले समाजिक बृद्धि विकासको दायित्व बहन गरेको बताए ।, उनले भने– ‘यो अभियानको प्रारम्भ मात्रै हो, हामीले यो समाज रुपान्तरण गर्ने प्रण गरेका छौँ, म आफैमा एक्लैमा विश्वास गर्दैन, टीममा विश्वास गर्छु, र म मेरो टिमप्रति विश्वस्त भई यो प्रतिबद्धता जाहेर गर्दछु की यही बर्षभित्रै यहाँका विद्यार्थी, अभिभावकमा केही न केही सुधार भएको हुनेछ ।’ बिद्यालयका संस्थापक प्रिन्सिपल हर्कराज जोशीले यस्ता कार्यक्रम आयोजन गर्न पाएकोमा आफुलाई अयन्त सौभाग्यशाली मान्दै बिद्यालय र बिद्यार्थीको जीवनोस्तोर उकास्न आफ्ना तर्फ बाट कुनै कसर बांकी नछाड्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ।

