कञ्चनपुर :– प्रेस चौतारी नेपाल जिल्ला समिति कञ्चनपुरले हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। भीनपा–०४ स्थित भीमदत्त प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी महिलाले दर खाने, नाचगान गर्ने लगायतका रमाइलो गतिविधि गर्दै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पु¥याउने प्रयास गरिएको थियो।

प्रेस चौतारीका जिल्ला अध्यक्ष मदन गिरीले यस्ता कार्यक्रमहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उक्त कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला समिति अध्यक्ष मदन गिरीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा एमाले पार्टीका जिल्ला अध्यक्ष जनकराज अवस्थी, एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशकी नेता निरु देवी पाललगायतको उपस्थिति रहेको थियो।

