राष्ट्रिय स्वतन्त्र पाटीले मनायो तिज विशेष कार्यक्रम

कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटीले हिन्दुधर्मावालम्बी महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा भीनपा–०६ स्थिीत पाटी कार्यालयमा दर तथा तिजपर्व मनाएको छ । महिलाहरुको सम्मानको लागि राष्ट्रिय स्वतन्त्र पाटीले दर तथा तिज कार्यक्रमको आयोजना गरी मनाउन लागेको कञ्चनपुर जिल्ला सभापति पदम बहादुर विष्टले बताए ।

उनले भने सनातनी धर्मवालम्बीहरुले मनाउने हरितालिका तिज, गौरा पर्व जस्ता महान पर्वले हाम्रो संस्कृति झल्काउछ र यसलाई जोगाएर राख्नको लागि यस प्रकारको कार्यक्रमको ठुलो महत्व रहेको छ । उक्त कार्यक्रममा कञ्चनपुर सभापति पदम बहादुर विष्ट, सह सचिव भुपेन्द्र विष्ट, ३ क्षेत्रिय सभापति कर्ण बहादुर चन्द, नगर सभापति अम्बा दत्त जोशी तथा प्रदेश सदस्य कमला भट्ट जोशी लगायत पार्टीका सदस्यहरु र सर्वसाधारणको सहभागीता रहेको थियो ।

ताजा समाचार