एचएनको “बुवाकी याद“ शीर्षकको डेउडा गीत सार्वजनिक

कञ्चनपुर : भीनपा–१८, कटान बस्ने राजेन्द्र ओड एचएनको “बुवाकी याद“ शीर्षकको डेउडा गीत सार्वजनिक भएको छ ।
राजेन्द्र ओड एचएनको पहिलो प्रस्तुति “बुवाकी याद“ शनिबार सार्वजनिक भएको हो।

स्वर्गीय बुवा सुक्रे ओडको यादमा समर्पित उक्त गीतमा राजेन्द्र ओड एचएनको शब्द संगीत तथा अभिनय र प्रकाश बिरहीको स्वर रहेको छ । गीतको एरेन्ज किशोर भण्डारीले गरेका हुन् भने अलिशा म्युजिक युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

२०१९ साल बैशाख १ गते जन्मिएका स्वर्गीय सुक्रे ओडको अचानक स्वास्थ्यमा समस्या आएपछि मिति २०८० माघ २७ गते स्वर्गारोहण भएको थियो ।

ताजा समाचार