झलारी : शुक्लाफाँटा नगरपालिका–६ वनसमिति स्थित कल्की फाउण्डेसनले नेपाल प्रहरी विशेष सुरक्षा गण, बाणिलाई विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेसनको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष दिपा जोशीले प्रहरी निरीक्षक रमेश नाथलाई सामग्री हस्तान्तरण गर्नुभयो।

फाउण्डेसनले गणलाई बेल्चा ५, फरुवा ५, हसिया १०, सिन्के झाडु २०, फुल झाडु २०, डस्टबिन २० र डोरी २ रोल उपलब्ध गराएको हो। मनसुन र वर्षायामका कारण विपद् सम्भावना बढ्ने भएकाले सामग्री उपयोगी हुने प्रहरी निरीक्षक नाथले बताए। कार्यक्रममा फाउण्डेसनका सचिव महेशप्रसाद भट्ट, युवा समाजसेवी रोशन ऐर लगायतको उपस्थिति थियो।







