भुवन भट्ट /महेन्द्रनगर : क्रान्तीकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कञ्चनपुरले जिल्लामा अनशनरत शुक्लाफाँटाबाट विस्थापित आरक्षपिडितको आन्दोलन प्रती एकवद्वता जनाएको छ । बुधबार सो पार्टीले विज्ञप्ति जारी गर्दै आरक्षपिडितको आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । सो पार्टीका जिल्ला इन्चार्ज रामबहादुर महरा ( चिन्तकले) वर्षौदेखी पुनर्स्थापनाको पर्खाइमा रहेका आरक्षपिडितको समस्या समाधान गर्न नसकेको भन्दै आन्दोलनरत पीडितको आन्दोलनमा एक्यवद्धता जनाइएको बताउनुभयो । आरक्षपिडितका समस्या सामाधान गर्न सरकारले ३४ आयोग गठन गरेर पनि हाल सम्म सम्स्या ज्युँका त्युँ रहेका छन ।

समस्या सामाधानकालागी आरक्ष पिडितहरुले पटक पटक आन्दोलन गरे सरकारले आन्दोलन गर्दा आन्दोलनकारीहरुसंग समस्या सामाधानका लागि सम्झौता गरेपनि हाल सम्म उक्त सम्झौता कार्यान्वयनमा आउन नसकेको विज्ञप्तिमा उल्लेख छ । बिगत २४ बर्षदेखी हावाहुरी, घामपानी, खुला आकाशमुनी खेपीरहेका पिडित आफ्ना समस्या हल गर्न राज्यलाई अन्तिम दवाव दिन बाँच या मरको उद्देश्य लिई जय बहादुर रोकायाको नेतृत्वमा आमरण अनसन सम्मका कार्यक्रम अगाडी वढाएर आन्दोलित छन । जिल्ला इन्चार्ज चिन्तक र जिल्ला सचिव विष्णुराम दमाई (शितल) द्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा ` साउन २२ गते देखी सदरमुकामको मदन चोकमा आमरण अनशन र दैजी, झलारी, बनहरा शिविर र ढक्का शिबिरमा रिलेअनशन बसेका छन ।

आरक्ष पिडितको आन्दोलनप्रति हाम्रो पार्टि एक्यवद्धता जनाउदछौ र द्वन्दको समयमा सेना परिचालन गरि सरकारले लुटेको जनताको सम्पती (जमिन ) अबिलम्व उपलब्ध गराई जनताको बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकारसित जोडदार माग गर्दछौ । छाना विहिन अवस्थामा रहेका आरक्ष पिडित जंगली जनावर, सर्पदंशको शिकार भईरहेको अवस्थाबाट मुक्त गराउन र आमरण अनशनमा बसेकाको ज्यू ज्यानको सुरक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराउछौ´- विज्ञप्तिमा उल्लेख छ । साथै, आरक्षपिडितका समस्या समाधान गर्न सरकारले चासो नदिए हाम्रो पार्टी सशक्त आन्दोलन गर्ने समेत यसै बिज्ञप्ति मार्फत जानकारी गराउदै आरक्ष पिडितका समस्या हल गर्ने आन्दोलनमा सहयोग गर्न सरोकारवाल सबैलाई हार्दिक अपिल गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।







