झलारी : कृष्णपुर नगरपालिका ६ बञ्जरीया स्थीत महाकाली सामुदायिक वन उपभोक्ता समुहको मङगलवार बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष विर बहादुर राजवंशीको अध्यक्षतामा आयोजित गोष्ठीमा सामुदायिक वनको कार्य प्रगती बारे समिक्षा गरिनुका साथै आब २०८२÷८३ को प्रस्तावीत बजेट बारे छलफल गरिएको छ ।
गोष्ठिमा सामुदायिक वनका अध्यक्ष राजवंशीले रु ४८ लाख ३२ हजार नौ सय ६५ को अनुमानीत बजेट प्रस्तुत गर्नु भयो । गोष्ठिको औचित्य माथि प्रकास पार्दै अध्यक्ष राजवंशीले वार्षिक कार्ययोजनाले वर्ष भरीको कार्यको प्रतिविम्व प्रस्तुत गर्ने बताउनु भयो ।

अनुमानीत बजेटमा जे लेखिएता पनि बार्षिक कुल आम्दानीको रकमलाई आधारमानी कार्यक्रम सम्पादन गरिने उहाँले उल्लेख गर्नु भयो । अनुमानीत बजेटको आम्दानी र खर्चका शिर्षक बारे गोष्ठिमा सहभागी सामुदायिक वनका पदाधिकारीहरुले छलफल गरेका छन । टोल समितिमा छलफल गरी आएको निष्कर्शका आधारमा अनुमानीत बजेटलाई पूर्णता दिईने गोष्ठिका सहभागीले बताउनु भएको थियो । बसन्तपुर टोल समितिका सचिव दिनेश कडाल, उत्तर बञ्जरीया टोल समितिका सचिव शान्ति चौधरी र दक्षिण बञ्जिरीया टोल समितिका संयोजक टिका कुमारी चौधरीले गोष्ठिमा सुझाव तथा राय प्रस्तुत गर्नु भएको थियो ।

सहभागीहरुले खेलकुद, शिक्षा, पर्या पर्यटनलाई बढावा दिने गरी बजेटमा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।
सामुदायिक वनका उपाध्यक्ष निसान्त खडकाले शिक्षा र खेलकुदलाई बजेटमा प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो ।
सामुदायिक वनका सल्लाहकार समिति संयोजक मेख बहादुर कडालले पहिलो भन्दा कार्य सम्पादनमा सामुदायिक वनले प्रगती हासिल गर्दै गएको बताउनु भयो ।

डढेलो नियन्त्रणमा खटिने अग्नी नियन्त्रकहरुका लागि रकमको अभाव हुने भएकाले आगामी बजेटमा व्यवस्था गर्न सुझाव दिनु भयो । गोष्ठिको सञ्चालन सामुदायिक वनका कर्मचारी रामकृष्ण चौधरीले गर्नु भएको थियो । गोष्ठिमा सामुदायिक वनका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।






