कञ्चनपुर : नेपाल कानून व्यवसायी परिषदको स्थापना दिवस मनाएको छ । मंगलबार कैलालीको खानिडाँडामा नेपाल कानून व्यवसायी परिषदको ३२औँ स्थापना दिवस मनाएको हो । दिवसमा कानुन व्यवसायी एव न्याय क्षेत्रका प्रतिनिधीले निष्पक्ष कानुनका विषयमा छलफल गरेका थिए ।

नेपाल कानून व्यवसायी परिषद् सदस्य टेक बहादुर कठायतको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका मुख्य न्यायाधीश दिनेश प्रशाद यादवको प्रमुख आथित्यमा भएको कार्यक्रमको संचालन अधिवक्ता शंकर बहादुर विष्टले गरेका थिए । कार्यक्रममा कानुन व्यवसायी, न्याय क्षेत्रका पदाधिकारीको सहभागिता रहेको थियो ।







