कञ्चनपुर : लेखा अधिकृत पुष्कर सिह विष्टले आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गरेका छन । मालिकार्जुन गाउँपालिका लेखा अधिकृत विष्टले कञ्चनपुुर बेसहारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन । लेखा अधिकृत विष्टले आफन्त ईन्द्र साउद मार्फत शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका ८ रोटेलामा रहेको बैजनाथ वृद्धाश्रम धाममा बस्दै आएका ज्येष्ठ नागरिकलाई खाद्यान्न एव फलफूल वितरण गरेको जनाएको छ । दाल, चामल, नुन तेल सहित खाद्यान्न एव फलफूल वितरण गरेका छन ।

लेखा अधिकृत विष्टले हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा समाजिक काम गर्दै आएका छन । यस पटक पनि समाजिक काम गरेको जनाएको छ । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा समाजिक काम गरेको लेखा अधिकृतको भनाई छ । लेखा अधिकृत विष्टले जन्मदिनको अवसरमा अनाथ बालबालिकादेखि बेसहारा ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएका छन । लेकम गाउँपालिका –१ सर्मोलीका स्थायी बासिन्दा पुष्कर सिंह बिष्टले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा बदल्दै निरन्तर पाँच वर्षदेखि वृद्धवृद्धाको मुहारमा खुशी छरेका छन्।

२०५४ साल साउन २३ गते गजि सिंह बिष्ट र मोति बिष्टको कोखबाट जन्मिएका विष्ट हाल मालिकार्जुन गाउँपालिकामा लेखा अधिकृत (छैटौं तह) पदमा कार्यरत छन्। जागिरे जीवन सुरु भएपश्चात उनले आफ्नो जन्मदिनको अवसरमा महेन्द्रनगर बेदकोट नगरपालिकास्थित रौटेला वृद्धाश्रममा पुगेर खाद्यान्न, फलफूल र मिठाई वितरण गर्दै आएका छन्। सामाजिक उत्तरदायित्वलाई जीवनको महत्वपूर्ण अङ्ग मान्ने बिष्टको यो अभियानले स्थानीय समाजमा प्रेरणा जगाएको छ। बिस्ट भन्छन्, “जन्मदिन केवल व्यक्तिगत खुसीको मात्र दिन होइन, यो अवसर अरुको जीवनमा पनि केही उज्यालो थप्ने दिन हो।“







