झलारी : राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको आयोजन तथा लेण्डेसाको सहयोगमा सञ्चालित महिलाको अगुवाईमा जलवायू उत्थानशिल कार्यक्रम अन्र्तगत बिहीवार शुक्लाफाँटा नगरपालिकामा स्थानिय भू परिवेश अध्ययनको प्रतिवेदन तथा उत्थानशिलता सम्बन्धी पालिका स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । मञ्चका जिल्ला अध्यक्ष कर्ण बहादुर बाँनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख रण बहादुर महरा,विशिष्ट अतिथि उप प्रमुख कल्पना पन्त, प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, मञ्चका राष्ट्रिय सचिव विजु खाँड रहनु भएको थियो ।

्कार्यक्रममा भू परिवेश अध्ययन बारे मञ्चका कुमार थापाले कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा उहाँले अध्ययनको मुख्य उद्देश्य,अध्ययनमा संलग्नहरु बारे जानकारी गराउने कार्य संगै परिवेश विष्लेशण,विधि र प्रकृयाका बारे बताउनु भयो । यसैगरी, भूमि समस्या र सवलाहरु,भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोवारीको अबस्थाका बारेमा प्रकास पार्नुका साथै नगरपालिकाले जग्गा नापजाँचका लागि लिएको लगत बारे तथ्याङक सहित जानकारी दिनु भयो ।

जमिनमा महिला पुरुषको स्वामित्वको सवाल, आरक्ष पीडितको अबस्था, अधिया बटैयामा काम गर्ने किसानको अबस्था,विपदको जोखिममा रहेका समुदाय, भूमिको बर्गिकरण र उपयोग, कृषि क्षेत्रमा जलवायू परिवर्तनले पारेको प्रभाव संगै सुझाव प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा बोल्दै नगर प्रमुख महराले प्रस्तुत प्रतिवेदनले भूमि सम्बन्धी समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो । नगरका नीति निर्माण गर्दा यस सुझाव सहितको प्रतिवेदनले सहयोग पुरयाउछ उहाँले भन्नुभयो, भू उपयोग योजना बनाउन यो काम लाग्छ ।

नगरपालिकाले जग्गा दिने नापी गर्ने भन्ने भ्रम रहेको उल्लेख गर्नु हुदै उहाँले नापीको कार्यमा समन्वय र सहयोग गर्ने मात्रै काम नगरपालिकाको रहेको बताउनु भयो । आयोगका कामलाई सहयोग गर्ने कार्य मात्रै रहेको उहाँले उल्लेख गनू भयो । नगर उप प्रमख कल्पना पन्तले परियोजना अन्र्तगत सञ्चालन भएका कार्यले भूमिहीन परिवारमा जागरण पैदा गर्ने कार्य गरेको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य मञ्चका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दादेवी जोशीले गर्नुृ भएको थियो भने कार्यक्र सञ्चालन मञ्चका सुदूरपश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले गर्नु भएको थियोे । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमकै क्रममा स्थानिय भू परिवेश अध्ययनको प्रतिवेदन मञ्चका अध्यक्ष कर्ण बानियाले नगर प्रमुख महरालाई हस्तान्तरण गर्नु भएको थियो ।






