कञ्चनपुर : कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको व्यवसाय परामर्श तथा प्रशिक्षण केन्द्र (बि.सि.टि.सी.) मा तिन महिने (३९० कार्यघण्टा) बुटिक तालिम समापन भएको छ । सिटिइभिटीवाट सम्वन्धन प्राप्त बि.सि.टि.सि.प्रा.लि.ले कञ्चनपुरमा पहिलो पल्ट सञ्चालन भएको यस तालिममा १३ जना महिलाहरूको सहभागिता रहेको थियो । अहिलेको वजारमा वढी माग भइ आएको यस तालिमा सहभागीहरूले वजारमा माग भएका बुटिक का प्रकार सिकेको बुटिक तालिमका प्रशिक्षक मोहन दमाईले बताए । कम्तीमा तिन महिना कटाई सिलाई तालिम लिएर व्यवसाय गरिरहेका १० जना व्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा जानाले आवेदन भनेपनि १३ जना सहभागीलाई मात्र प्रशिक्षण गराइएको बि.सि.टि.सी. प्रा.लि. का कार्यकारी निर्देशक केदार प्रसाद भट्टले जानकारी दिनुभयो ।

वैशाख १५ गते वाट सञ्चालन भएको तालिम सावन १४ समापन भएको थियो । २०६५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको यस प्रशिक्षण केन्द्रले हाल सम्म हजारौं जनालाई दक्ष कामदार बनाएर देश भित्र र देश बाहिर विदेशमा रोजगारी अवसर दिइसकेको कार्यकारी निर्देशक भट्टले बताउनु भयो । उनले भने हामीले दक्ष कामदार मात्र नभई दक्ष प्रशिक्षक समेत उत्पादन गरिसकेकोले अव महेन्द्रनगरमा कुनै पनि तालिम सञ्चालन गर्दा बाहिर वाट प्रशिक्षक ल्याउन नपर्ने उनले बताउनु भयो । बुटिक तालिम लिन जिल्ला बाहिर धनगढी अथवा काठमाण्डौं जानु पथ्र्यो आफ्नै सहरमा सिक्न पाउदा खुसी भएको छु सहभागी शारदा भाट कार्कीले भन्नु भयो ।

आफू झलारी वाट आएको मोरो वजार नजिकै आफ्नै सानो कपडा सिउने व्यवसाय छ, अहिले वजारमा बुटिकको माग वढी छ त्यसैले मैले यो तालिम लिएको र अव बुटिकको काम गर्न म दक्ष भएको तालिममा सहभागी खगेश्वरी कुमारी घिमिरेले बताउनु भयो । तालिमका अर्का सहभागी सम्झना चौधरी यसै संस्थाले २०७२ सालमा कटाई-सिलाई तालिम प्रदान गरेको थियो । मैले राष्ट्रिय सिप परिक्षणको तह २ पास गरिसके सुडामा आफ्नै व्यवसाय गर्दै छु, धेरै पर्खाइ वाट बुटिकको तालिममा सहभागी हुन पाएको छु मलाई आसा छ हामीलाई अव फेसन डिजाइन सम्धीका तालिम यस संस्थाले प्रदान गर्ने छ। म्वन्धीका तालिम यस संस्थाले प्रदान गर्ने छ।







