कञ्चनपुर : कञ्चनपुरका एक अग्रज पत्रकारको निधन भएकोे छ । जनमानस साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तेज बहादुर भण्डारीको निधन भएको होे । बुधबार भण्डारीको ६४ बर्षको उमेरमा निधन भएको परिवारजनले जनाएको छ ।

उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको हो । बुधबारै भण्डारीको महाकालीमा अन्त्येष्टी गरिएको छ । पत्रकार भण्डारीको निधनप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।







