तस्करको अवैध समान सशस्त्र प्रहरीको पञ्जामा

कञ्चनपुर : भारतबाट खुलेयाम भन्सार छलेर ल्याईरहेको अवैध समान सशस्त्र प्रहरीले बरामद गरेको छ । कञ्चनपुरकोे गड्डाचौकीदेखि महेन्द्रनगर बजार क्षेत्रबाट सशस्त्र प्रहरी भन्सार चोरीछली गरेको अवैध समान बरामद गरेको होे । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण मातहत रहेको सीमा सुरक्षा गुल्म गड्डाचौकीकोे टोलीले भन्सार चोरीछलेका तस्करका अवैध समान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गड्डाचौकीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी)जनकराज उपाध्यायको कमानमा खटिएको टोलीले भीमदत्त नगरपालिका १० भन्सार रोड र महेन्द्रनगर भाँसी क्षेत्रबाट विभिन्न प्रकृतिको व्यवसायिक समान बरामद गरेको हो । ५ लाख, ७ हजार ३९०रुपैया बराबरको अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । यसरी भन्सार छलेर तस्करीका समान सशस्त्र प्रहरीले विच बजारदेखि भन्सार पुर्वतिरबाट बरामद गरेपछि कतै भन्सारबाट सेटिङ्ग गरेको त होईन भन्ने आशंका उब्जाएको छ ।

डिआईजी प्रदिप पालले सुप प्रदेशको कमाण्ड र एसपी लोकेन्द्र भट्टले कञ्चनपुर सशस्त्र प्रहरीको कमाण्ड सम्हालेपछि मातहतका निकायलाई तस्करसंग हिमचिम होईन सिधा डण्डा बजाएरै भएपनि अवैध चोरी तस्करी बिरुद्ध निर्मम बन्न निर्देशन दिएका थिए ।

ताजा समाचार