कल्की फाउण्डेसनको वृक्षरोपण कार्यक्रम : कालिका माविको परिसरमा रोपिए दुई सय बिरुवा (फाेटाे फिचर)

झलारी : ‘पर्यावरण र वातावरण जोगाउन, अनिवार्य वृक्षरोपण गरौँ’ भन्ने नारासहित शुक्लाफाँटा नगरपालिका –४ असैना स्थित कालिका माध्यमिक विद्यालय परिसरमा शनिवार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कल्की फाउण्डेसन वन समिति कञ्चनपुरले आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउद र विशिष्ट अतिथि नगर प्रमुख रणबहादुर महरा रहनु भएको थियो । पूर्व मन्त्री साउदले वातावरण सन्तुलनका लागि वृक्षरोपण आवश्यक रहेको बताउँदै फाउण्डेसनको प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रम पश्चात विद्यालय परिसरमा अशोकको बिरुवा रोपण गर्नु भयो ।

नगर प्रमुख महराले नगरको विकासका लागि दीर्घकालीन योजनाको आवश्यकता रहेको बताउनुभयो । निजी शिक्षक व्यवस्थापनको जिम्मेवारी विद्यालयले लिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा फाउण्डेसनका सल्लाहकार सिद्धराज भट्टले छात्रवृत्ति, खेलकुद सामग्री, धार्मिक तथा शैक्षिक क्षेत्रमा फाउण्डेसनले पु¥याउँदै आएको सहयोग बारे चर्चा गर्नु भयो । आगामी दिनहरूमा पनि फाउण्डेसन सहयोग र सहकार्यका लागि तत्पर रहेको उहाँको भनाई थियो ।

विद्यालयका प्रधानाध्यापक गोविन्द सिंह नायकले कार्यक्रमको उद्देश्य माथि चर्चा गर्ने कार्य सँगै विद्यालयको भौतिक पूर्वाधार, खेल मैदान, शौचालय आदिको अवस्थाबारे अतिथिहरूको ध्यानाकर्षण गर्नुभयो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमल ठकुल्लाले गर्नुभएको थियो । उहाँले विद्यालयको शैक्षिक प्रगति र वडाबाट लागू हुने योजना बारे जानकारी दिनुभयो । वृक्षरोपण कार्यक्रममा फाउण्डेसन कार्यवाहक अध्यक्ष दीपा जोशी, नेपाल महिला सङ्घकी केन्द्रिय सदस्य विमला गैरे, फाउण्डेसनका सचिव महेशराज भट्ट, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो । विद्यालय परिसरमा १५० अशोक, धुपी र पाम प्रजातिका गरी करिब २०० बिरुवा रोपिएको छ । साथै फाउण्डेसनले विद्यालयलाई १० थान डस्टबिन र सरसफाइ सामग्री (झाडु) प्रदान गरेको छ ।

ताजा समाचार

spot_img