सडक दुर्घटना न्युनिकरणको लागी कस्सीए दोधारा चाँदनीका युवाहरु

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा युवाहरु सडक सरसफाई गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ को सडकहरु छेउमा फोहर तथा झाडीको कारण सडक दुर्घटना हुने भएको हुदा युवाहरुको एक समुहले सडक सरसफाई अभियान थालेका हुन् । दोधारा चाँदनी नगरपालिका– ७ को मिलन चौराह देखी कञ्चनभोज पक्की पुल हुदै बुद्ध नगर क्षेत्र आसपास पक्की सडक छेउमा उम्रेका झाडी र फोहर सरसफाई गरिएको सडक सरसफाई अभियानका योजनाकार प्रकाश सुनारले बताउनुभएको छ् । सरसफाई अभियानमा दोधारा चाँदनी नगरपालिकाका युवाहरुले सहयोग गरेको उहाँले बताउनुभयो । सडक छेउमा उम्रेका झाडी, फोहर भएको कारण सडक दुर्घटना हुने हुदा अबका दिनहरुमा युवाहरुले समय समयमा सरसफाई अभियान गर्दै जाने युवा प्रकाश सुनारले बताउनुभएको छ् ।

सडक दुर्घटना संगै वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग, बिशालु सर्प बच्न युवाहरुको सल्लाह अनुसार सडक सरसफाई अभियान सुरु गरिएको सरसफाई कार्यक्रममा अर्का युवा डम्मर रानाले बताउनुभएको छ् । युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाई बारे जागरुक गराउने काम गरिएको स्थानिय युवा डम्मर रानाले बताउनुभयो ।

वातावरण सफा र सडक चिटिक्क देखिने तथा सडक दुर्घटन र डेंगु जस्ता रोग न्युनिकरण गर्न सरसफाई कार्यक्रमले केही हद सम्म सफल हुने उहाँले बिश्वास ब्यक्त गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सरसफाई अभियानलाई निरन्तरता दिदै जाने युवाहरुले बताएका छन् ।

ताजा समाचार

spot_img