दोधारा । दोधारा चाँदनी नगरपालिकामा राप्रपाको वडा भेला सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा भेला सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् । भेलाले रोशन रावलको अध्यक्षतामा २५ जना वडा कार्य समिति गठन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेता तथा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानाकरी दिनुभएको छ् । भेलामा बिभिन्न पार्टी परित्याग गरि झण्डै ९० जना युवाहरु राप्रपामा प्रबेश गरेको उहाँले बताउनुभयो ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले देश ब्यापी रुपमा राप्रपाले उठान गर्दै आएको राज संस्था र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको मुद्दामा युवाहरुको आकर्षण बढ्दो रहेको बताउनभएको छ् ।

‘देशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रबेश गर्नेको लर्को संगै त्यही अवस्था दोधारा चाँदनी नगरपालिकाका बिभिन्न वडा तथा टोलमा मा पनि देखिएको छ ।’ प्रदेश अध्यक्ष धर्मराज जोशीले भने ।

