दोधारा चाँदनी नगर अस्पतालको प्रसुती गृहको लागी एयर कन्डिसनर (एसी)

दोधारा । दोधारा चाँदनी नगर अस्पतालको प्रसुती गृहमा लागी एयर कन्डिसनर (एसी) जडान गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिका नगर अस्पतालको प्रसुती गृहमा गर्मीको समयमा सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै एयर कन्डिसनर (एसी) खरिद गरेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

गर्मीयाममा सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्थालाई ख्याल राख्दै एयर कन्डिसनर (एसी) खरिद गर्ने दोधारा चाँदनी नगर अस्पतालले निर्णय गरे बमोजिम २ थान एयर कन्डिसनर (एसी) खरिद गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । आज खरिद गरिएको २ थान एयर कन्डिसनर (एसी) लाई दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डा. जिवन किरण स्नेहीलाई हस्तान्तरण गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डा. जिवन किरण स्नेही, दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार