दोधारा । नेकपा एमालेका नेता तथा दोधारा चाँदनी नगरपालिका– १० का पुर्व वडाध्यक्ष नर बहादुर सुनारले आफुले पार्टी परित्याग नगरेको जनाएका छन् । एक भेटघाटको क्रममा आफुले नेकपा एमाले पार्टी परित्याग नरेको र एमालेमा रहदै र रहिरहने बताउनुभएको छ् । केही दिन अघि सामाजिक सञ्जालमा आफ्नो नाउ जोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको बिषयमा पछी नलाग्न नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु लगाएत सबैमा पुर्व वडाध्यक्ष नर बहादुर सुनारले अनुरोध गर्नुभएको छ् ।

‘म नेकपा एमालेको एक सिपाई हु, रहने छु र रहिरहने छु’ नेता नर बहादुर सुनारले भन्नुभयो । नेकपा एमालेको टिकट लिएर वि.सं. २०७४ सालमा दोधारा चाँदनी नगरपालिका– १० बाट वडाध्यक्ष पदममा नर बहादुर सुनार निर्वाचित हुनुभएको थियो । सोझो र सज्जन ब्यक्ती भनेर चिनिने पुर्व वडाध्यक्ष सुनारको सामाजमा राम्रो छवी छ् ।

