नेपाल सरकारको महत्वकांक्षी परियोजना ‘सुख्खा बन्दरगाह’ निमार्ण कार्य सुरु

दोधारा । दोधारा चाँदनी एकिकृत जाँच चौकी निमार्ण सुरु भएको बैठक सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयमा दोधारा चाँदनी एकिकृत जाँच चौकी निमार्ण सुरु भएको बैठक सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्मा, भारतिय राजदुतबास काठमाण्डौका टोली लगाएत प्राबिधिक टोलीले स्थानिय सरकारका पदाधिकारीहरुलाई दोधारा चाँदनी एकिकृत जाँच चौकी निमार्ण सुरु गरिएको जानकारी बैठक सम्पन्न गरेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सुख्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा एक हजार ७ सय ५ रुख कटानी भएको र भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बिच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएअनुसार भारतीय पक्षले सुख्खा बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा ठेक्का सम्झौता बैठकमा जानकारी गराईएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेले दोधारा चाँदनी एकिकृत जाँच चौकी निमार्ण सुरु भएको बैठकमा निमार्ण हुन गईरहेको दोधारा चाँदनी एकिकृत जाँच चौकी निमार्णमा थप सहजताको लागी स्थानिय सरकार संग छलफल गरिएको बताउनुभएको छ् । बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगाएतका पूर्वाधार निर्माण हुने निर्देशक आशिष गजुरेले बताउनुभयो ।

नेपालले सुक्खा बन्दरगाह सम्मको छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आईसकेको छ् । भारतले बन्दरगाह सम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ् । विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनी स्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायीले तेस्रो मुलुक संग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बने सुदूरपश्चिम प्रदेश विकासको कोसेढुङ्गो हुने सपना देखेका सुदूरपश्चिमवासीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन् । नेपाल सरकारको महत्वकांक्षी परियोजना ‘सुख्खा बन्दरगाह’ निमार्ण कार्यको थालनी संग शुदुरपश्चिमबासीमा खुशीयाली छाएको छ् ।

ताजा समाचार