दोधारा । सडक दुर्घटना न्युनिकरण गर्न दोधारा चाँदनी नगरपालिकामा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडामा मुल सडकहरु सरसफाई तथा जनचेतनामुलक कार्यक्रम संचालन हुदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको सडक दुर्घटना न्युनिकरण गर्न मुल तथा शाखा सडकहरुमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिदै आएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न वडाहरुमा सञ्चालन हुदै आएको सडक सरसफाई अभियानको क्रममा दोधारा चाँदनी नगरपालिका– २ को मुल सडक तथा शाखा सडकहरु बृहत सरसफाई कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष पदम बहादुर रावलले बताउनुभयो ।

वडालाई सफा सुग्घर बनाउन सरसफाई तथा जनचेतनामुलक कार्यक्रम अघि बढाईएको उहाँले बताउनुभएको छ् । वडा कार्यालयको आयोजना र नेपाल प्रहरी, शिव महिला कृषक समुह, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल, उत्थानशिल युवा सञ्जाल, नगर प्रहरी र स्थानियबासीको सहकार्यमा एक दिने बृहत सडक सरसफाई कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । गैरसरकारी संस्था, उत्थानशिल युवा सञ्जाल, नगर प्रहरी र स्थानियबासीहरुले सरसफाई अभियानमा स्फुर्तरुपमा सघाएको उहाँको भनाई रहेको छ् । झण्डै १ किलोमिटर वडा नं. २ को मुल सडक खण्डको छेउमा रहेका झाँडी तथा फोहर सफा गरिएको शिव महिला कृषक समुह दोधारा चाँदनीका सचिव बबिता भण्डारीले बताउनुभएको छ् ।

सडक छेउमा उम्रेका झाँडी तथा फोहरका कारण सडक दुर्घटना हुने तथा डेंगु तथा मलेरिया जस्ता रोग निम्तीने भएको हुदा वडा कार्यालयको सरसफाई तथा जनचेतनामुलक कार्यक्रमलाई आफुहरुले सघाएको उहाँले बताउनुभयो । वातावरण सफा र चिटिक्क देखिने तथा सडक दुर्घटन र डेंगु जस्ता रोग न्युनिकरण गर्न सरसफाई कार्यक्रमले केही हद सम्म सफल हुने उहाँले बिश्वास ब्यक्त गर्नुभएको छ् ।

सडक तथा सार्वजनिक स्थानहरुमा सरसफाईमा कार्यक्रम प्रत्येक वडा कार्यालयले गर्दै जानु पर्ने स्थानियबासीहरुको भनाई रहेको छ् ।
