अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बेदकोटमा सम्मान

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

आइतबार बेदकोट सितोरियो कराते डोजोले एक कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान सम्मान गरेको कराते प्रशिक्षक बिरेन्द्र चन्दले बताउनु भयो।

उनका अनुसार, अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाउने दुई खेलाडी लाई बेदकोट सितोरियो कराते डोजोले खेलाडीको हौसला र प्रोत्साहनको लागि खुसी व्यक्त गर्दै सम्मान गरिएको थियो। श्रीलंकामा सम्पन्न ९ औं दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा पदक हात पार्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन सफल खेलाडी आस्था लुहार र सोनिया तिरुवा लाई सम्मान गरेका छन्।

सम्मान कार्यक्रममा बेदकाेट नगर खेलकुद का अध्यक्ष प्रजापति भट्ट राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक लक्ष्मण भाट सिनियर सितोरियो कराते प्रशिक्षक राष्ट्रिय रेफ्री किसन भाट, सिनियर सितोरियो कराते प्रशिक्षक राष्ट्रिय रेफ्री चन्द्र दयार लगायत खेलाडीको उपस्थिति रहेको थियो।

ताजा समाचार