दोधारा चाँदनीका मेयर लिम्बुको कार्यक्रम तथा योजना अनुसार शवदाह गृह र बिश्राम स्थल निमार्ण

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शवदाह गृह र बिश्रामस्थल निमार्ण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– ९ महाकाली नदीको नजिक शवदाह गृह र बिश्रामस्थल निमार्ण गरिएको शवदाह गृह र बिश्रामस्थल निमार्ण समितिका अध्यक्ष भक्त बहादुर रावतले जानकारी दिनुभएको छ् ।

दाहसंस्कार गर्ने स्थान व्यवस्थित र सहज नभएपछि मानिसको मृत्युपश्चात गरिने अन्तिम संस्कार गर्न अप्ठेरो हुने गरेको हुदा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको कार्यक्रम तथा योजना अनुसार झण्डै रु. ९ लाख २५ हजारमा उपभोक्ता समिति मार्फत निमार्ण कार्य भईरहेको उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर रावतले बताउनुभयो ।

मानिसको मृत्युपश्चात दाहसंस्कार गर्न शवदाह गृह र मलामीहरुको लागी बिश्राम निमार्ण भएपछि स्थानियबासीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार