दोधारा चाँदनीमा युवाहरुलाई तिन महिने आधारभुत कम्प्युटर तालिम

दोधारा । ग्रामिण क्षेत्रका युवाहरुका लागि आयोजना गरेको ३ महिने कम्प्यूटर तालिम सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सहयोग तथा आयोजनामा ३ महिने आधारभुत कम्प्यूटर तालिम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । वडामा बसोबास गर्ने युवा युवतीलाई छनौट तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । कम्प्युटर सिक्ने चाहने वडाका १५ जना युवा युवतीलाई तालिममा सहभागी गराईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् ।

आर्थिक अवस्था कमजोर भएर कम्प्युटर शिक्षा हासिल गर्न नसक्ने अवस्था रहेको वडाका बिपन्न युवा युवतीलाई छनौट गरि कम्प्युटर शिक्षाको योजना राखेर कार्यक्रम अघि बढाएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । कम्प्युटर तालिममा सहभागी भएका युवाहरुलाई जिवनमा तालिमले निकै सघाउ पुर्‍याउने अपेक्षा राखेको वडाध्यक्ष सुनारले बताउनुभएको छ् ।

आजको युग कम्प्युटरको युग भएको हुदा कम्प्युटर शिक्षा अतिआवश्यक रहेकाले जिवन उपयोगी बनाउन कम्प्यूटरको तालिमको योजना गरिएको उहाँले बताउनुभएको छ् । तालिमबाट आफुहरुले कम्प्युटर चलाउन आधारभुत कुरा सिक्ने अवसर पाएको भन्दै तालिमका सहभागीहरुले खुसी ब्यक्त गरेका छन् ।

आगामी दिनहरुमा युवा युवतीहरुलाई एडवान्स कम्प्युटर तालिम सञ्चालन गरिने तयारी गरिएको वडा कार्यालयले जनाएको छ् ।

ताजा समाचार