सडक सञ्जालमा जोडिदै दोधारा चाँदनी : मेयर लिम्बुद्धारा निमार्णधिन सडकको अनुगमन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक करोडको लगानीमा कालोपत्रे सडक निमार्ण कार्यको नगरप्रमुख किशोर कुमार लिम्बुले अनुगमन गर्नुभएको छ् । दोधारा चाादनी नगरपालिका वडा नं. ७ मा संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर पक्की निमार्णधिन सडकको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले अनुगमन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ को सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे निमार्ण कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

तिन महिना अघि देखि निमार्ण कम्पनी हुनैनाथ निमार्ण कम्पनीले सञ्चालन गरेको झण्डै ७ सय मिटर पर्खाल सहित पक्की सडक निमार्ण पछि कृषी प्रबद्र्धनमा ठुलो सहयोग पुग्ने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । स्थानिय सरकारको पहलमा संघिय सरकारको सहयोग निमार्ण भईरहेको पक्की सडकले ७ सय बढी घरधुरीलाई आवतजावत गर्न सहज हुने उहाँले बताउनुभयो ।

घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि आफुहरु निकै उत्साहित भएको स्थानियबासीहरुले बताएका छन् । हिउदमा धुल्याम्मे र वर्षामा हिल्याम्मे हुने सडकको स्त्तोरउन्नती हुने भएपछि स्थानियबासीहरु खुशी भएका छन् ।

ताजा समाचार