महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा फुटबल प्रशिक्षणमा सहजका लागि फुट्सल गोलपोस्ट तयार गरिएका छन् ।

कञ्चनपुर जिल्ला फुटबल संघले फुटबल प्रशिक्षणमा खेलाडी लाई निरन्तर गोलपोस्टमा अभ्यास गर्नका लागि सहज होस् भन्ने उद्देश्यले फुट्सल गोलपोस्ट तयार पारिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

उनका अनुसार मंगलबार खुलामञ्चमा निरन्तर फुटबल प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक पुष्कर शाही लाई कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रमेश चन्द लगायत फुटबल संघका पदाधिकारीको उपस्थितिमा गोलपोस्ट हस्तान्तरण गरिएको हो।

जिल्लामा रहेका फुटबल गतिविधि लाई मध्यनजर गर्दै कञ्चनपुर जिल्ला फुटबल संघले ग्रामीण क्षेत्र लगायत जिल्लामा ग्रासरुट फुटबल विकासमा समेत विशेष ध्यान दिदै खेलकुद सामाग्री सहयोग गर्दै आएको छ।
