विषालु च्याउ खाँदा दोधारा चाँदनीका एकै परिवारका ६ जना बिरामी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिषालु च्याउ खाँदा एकै परिवारको ६ जना बिरामी परेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ कालागड निवासी ६३ वर्षिय कालु सुनार सहित उनका ६ जना जहान परिवार बिरामी परेको हुन् । कालु सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाती भिम सुनार, १२ वर्षीय नाती वसन्त सुनार र आठ वर्षिय नातिनी मन्सु सुनार बिरामी भएका दोधारा चाँदनी नगर अस्पतालले जनाएको छ् ।

सोमवार सिमावर्ती भारतिय जंगलबाट टिपेर ल्याएका विषालु च्याउको तरकारी खाँदा कालु सुनारका जहान परिवार बिरामी परेका हुन् । च्याउ खाएर बान्ता सुरु भएपछि कालु सुनार र उहाँका जहान परिवार दोधारा चाँदनी नगर अस्पताल भर्ना भएका हुन् ।

दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डाक्टर जिवन किरण स्नेहीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ् ।

ताजा समाचार