दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर प्रमुख जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुखको योजना तथा कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् । वर्षेनी दोधारा चाँदनी नगरपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै आएको उहाँले बताउनुभएको छ् । नगर प्रमुख जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रममा दोधारा चाँदनी नगर क्षेत्रका एक सय जेष्ठ नागरिकलाई सम्मान सहित उनिहरुलाई ब्लेङकेट, छाता र टोली प्रदान गरिएका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको सबै वडामा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई समेट्ने प्रकारले सम्मान गरिएको उहाँले बताउनुभयो । सम्मान कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका प्रमुख किशोर कुमार लिम्बुले समाज विकासको आधार स्तम्भबाट सुरु गरेर संरचनामा परिमार्जन र परिवर्तन गर्दै विद्यमान अवस्था सम्म ल्याई पुर्याउने निधीका रुपमा ज्येष्ठ नागरिक रहेको बताउनुभएको छ् । समाजका अग्रज, मार्गदर्शक तथा पथ प्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वता रहेको हुदा उनिहरुको सम्मान तथा सहयोग गर्ने कार्य स्थानिय सरकारको दायित्व रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागी ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवा शक्ति रहेको बताउदै नगरप्रमुख लम्बुले उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको बताउनुभयो ।

स्थानिय सरकारले सम्मान दिदै आएको भन्दै दोधारा चाँदनीका जेष्ठ नागरिकहरु खुशी भएका छन् ।
