दोधारा चाँदनीका मेयर लिम्बु र युनिसेफको टोलीद्धारा अस्पतालको अनुगमन

दोधारा । युनिसेफ नेपालको सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माणाधीन १५ सय्याको आधुनिक नगर अस्पतालको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु र युनिसेफका प्रतिनिधी विश्वराज भट्ट सहितको टोलीले सो अस्पतालको अनुगमन गरेका हुन् ।

अस्पताल निर्माणको प्रगति तथा भावी सेवा प्रवाहको तयारी बारे जानकारी लिने उद्देश्य सहित टोलीले निरीक्षण गरेको हो । युनिसेफले दोधारा चाँदनी नगर अस्पताल र चाँदनी स्वास्थ्य चौकीमा सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी गराइएको छ् ।

संस्थाले अस्पताल स्तरीय सेवा प्रवाहमा सरसफाई र जनस्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्न सक्रिय भूमिका खेल्ने बताइएको छ् । यस अघि पनि युनिसेफले विभिन्न स्थानीय तहमा सरसफाई, पोषण, बालमैत्री स्वास्थ्य सेवा लगाएतका क्षेत्रमा साँझेदारी गर्दै आएको छ् ।

ताजा समाचार