दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको नगर अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको सहयोगले नगर अस्पतालको प्रयोगशालाको लागी माईक्रोस्कोप, एक टनको एसी र प्रिन्टर सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । नगर अस्पतालमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले अस्पतालका प्रमुख डाक्टर जिवन किरण स्नेहीलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालको प्रयोगशालालाई थप व्यवस्थीत बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ् । नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डाक्टर जिवन किरण स्नेहीले बिगतको भन्दा अस्पतालले ठुलो फड्को मारेको भन्दै नगर अस्पताललाई आधुनिक तथा जनमुखी बनाउन नगर प्रमुख तथा सबै जनप्रतिनिधीहरु एक जुट भएर लागेको बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले अस्पताललाई सुबिद्या सम्पन्न बनाउने कार्यमा आफु लागिपरेको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको एक मात्रै रहेको नगर अस्पताललाई व्यवस्थीत बनाउन सबैको हातेमालो हुनु आवश्यक रहेको उहाँको भनाई छ् ।
