पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसी सम्मानीत भएका छन् । गुगुल्डि वाङमणी प्रतिष्ठानले पत्रकार केसीलाई सम्मान गरेको हो । मंगलबार महेन्द्रनगरमा गुगुल्डि वाङमणी प्रतिष्ठानको ८ओँ बार्षिकोत्सवको अवसरमा पत्रकार केसीलाई समाचारका माध्यमबाट साहित्य, कला सुदूरपश्चिम प्रदेशको बृद्धि विकासका लागि कमल चलाए बाफत सम्मान गरेको जनाएको छ ।

कार्यक्रमका अध्यक्ष समेत रहेका गुगुल्डि वाङमणी प्रतिष्ठानका अध्यक्ष बीर बहादुर चन्द(बिश्राम), प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रतिष्ठानका उपकुलपति टिएन जोशी सहितले पत्रकार केसीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

डेढ दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार केसी सुदूरपर्पण दैनिकका सम्पादक प्रेस सेन्टर नेपाल कञ्चनपुरका उपाध्यक्ष हुन । उनले सम्मानबाट थप समाजिक उत्तरदायित्व थपिएको बताए ।

