कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरका एक मजदुरले आफुलाई बिनाहक नविल बैंंकले कालोसुचिमा राखेको भन्दै हटाईदिन हारगुहार गर्दै प्रशासनमा निवेदन दिएका छन ।
शुक्लाफाँटा नगरपालिका १का स्थानीय समेत रहेका मजदुर मोहन दमाईले आफुलाई बिनाहक नविल बैंंकले कालोसुचिमा राखेको भन्दै हटाईदिन हारगुहार गर्दै प्रशासनमा निवेदन दिएका हुन ।

उनले आफुले ठकुराठी अटोमोवाईल्सबाट केही बर्ष अघि अटो खरिद गरेको र उक्त अटोको रकम ५० हजार मात्रै तिर्न बाँकी हुँदा कम्पनीले आफुबाट खोसेको भएपनि अहिले आएर बैकले आफुलाई कालोसुचीमा राखेको भन्दै आपत्ती प्रकट गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिएका छन ।

उक्त निवेदन उपर प्रशासनले प्रहरीलाई सहजिकरणका लागि निर्देशन दिएको छ । उक्त निर्देशन उपर छानबिन गरिदिन मजदुर दमाईले आग्रह गरेका छन ।

