साउदी अरबमा तेस्रो दमाम च्याम्पियन कप-२०२५ को खेल तालिका सार्वजनिक, एक कप २१ टिम प्रतिस्पर्धा गर्ने


साउदी : साउदी अरबमा नेपालीहरु को आयोजनामा निरन्तर खेलकुद गतिविधि लाई बढाउन तेस्रो दमाम च्याम्पियन कप २०२५ आयोजनाको लागि खेल तालिका सार्वजनिक गरिएको छ।

खेलकुद गतिविधिले साउदी अरबमा कार्यरत आप्रवासी नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५ प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ्न।

युनाइटेड नेपाल फुटबल क्लब दमाम ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर फुटबल प्रतियोगिता जेठ २३ शुक्रबार देखि २४ गते सनिवार (२०२५ जुन ६ र ७ तारीख) सम्म आयोजना हुने र प्रतियोगितामा २१ टिमले सहभागिता जनाएको छ।

शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा भब्यताका साथ उद्धघाटन हुनेछ। प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ।

आयोजकले उद्धघाटन समारोह देखि समापन सम्मका लागि खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा संगै अनुरोध गरेको छ। गर्दै प्रतियोगिताका विजेता तथा अन्य विभिन्न उत्कृष्ट विधाका खेलाडीहरू ले आकर्षक पुरस्कार पाउने छन्।

आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टिमले नगद ७ हजार ७ सय ७७ साउदी रियाल ( दुई लाख असि हजार) नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। भने उपविजेता टिमले ४ हजार ४ सय ४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्ने छन्। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याच को समेत व्यवस्था रहेको छ।

प्रतियोगिताको खेल तालिका:प्रतियोगितामा सहभागि टिम निम्न अनुसार रहेका छन्:


Loading Viewer...

ताजा समाचार

spot_img