महेन्द्रनगर : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाकाे आयाेजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम २०८१ महेन्द्रनगरमा सम्पन्न भएको छ। करिब ६ दर्जन अभिकर्ताको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमकाे अध्यक्षता जेष्ठ अभिकर्ता एवम् पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक नेशनल लाईफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टले गर्नु भएको थियाे।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख नविनकिशाेर भट्ट काे प्रमुख आतिथ्य रहेकाे कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख अमर सिह धामि ले सहभागीलाई स्वागत मन्तब्य राख्नु भएको थियाे। पेशागत अभिकर्ता संघ नेपाल सुदुरपश्चिम प्रदेश सचिव धनसिह ठगुन्ना ले बिमा पाेलिसि र पेशागत हकहितका बारेमा प्रकाश पार्नु भएको थियाे। अभिकर्ता पुनर्ताजगी कार्यक्रमकाे संचालन नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गर्नु भएको थियाे।
