कञ्चनपुर : कञ्चनपुरको चुरे क्षेत्रका वनका पदाधिकारीहरुले वन व्यवस्थापन भएको जिल्लाको सिता सामुदायिक वनका अनुगमन गरेका छन । शनिबार चुरे क्षेत्रका वनका पदाधिकारीहरुले वन व्यवस्थापन भएको कृष्णपुर नगरपालिका ९घोडाघाटको सिता सामुदायिक वनका अनुगमन गरेका हुन । चुरे सरक्षण सञ्जाल नेपालले आयोजना गरेको दीगो वन व्यवस्थापन तालिम अन्र्तरगत सहभागिहरुलाई उदाहरणीय वन व्यवस्थापन गरेको सिता सामुदायिक वनमा स्थलगत अनुगमन गराएको हो ।

चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले वैज्ञानिक वन व्यवस्थापन लागु भएको उक्त सिता सामुदायिक वनको सरक्षणदेखि दीगो वन विकास कार्यक्रम बारे जानकारी गराउने उदेश्यका साथ चुरे क्षेत्रका उपभोक्ताहरुलाई स्थलगत अनुगमन गराएको बताए । अनुगमनकै क्रममा डिभिजन वन कार्यालय कञ्चनपुरमा डिभिजन वन अधिकृत रामबिहारी ठाकुरले सिता सामुायिक वनले जिल्लामा उदाहरणीय वन व्यवस्थापन गरेको बताउँदै सामुदायिक वनको सरक्षणमा प्रससनिय काम गरेको बताए ।
सिता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले वैज्ञानिक वन व्यवस्थापन सुरुवात र खारेजी भएपछि सामुदायिक वनका कामकाजमा प्रभाव ल्याएको बताए । उनले वन व्यवस्थापन भएको स्थानमा पुर्नरुत्पादन भएको बताए । सामुदायिक वनमा दोहोरो ऐन नियमले सरक्षणमा चुनौती थपिदिएको बताए । अनुगमन गरेपछि चुरे क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुले सिता सामुदायिक वनका दीगो वन व्यवस्थापनका कार्यक्रम प्रभावकारी भएको बताएका छन ।
