राजावादीको आन्दोलनमा पत्रकार रजकको हत्याको चौतर्फि भन्र्सना

पत्रकार महासंघ कञ्चनपुरद्वारा पत्रकारका हत्यारा संचार माध्यममा आक्रमण गर्नेमाथि कार्बाहीको माग

कञ्चनपुर: राजावादीले गरेको आन्दोलनमा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकलाई जिउँदै आगोमा जलाएर हत्याको चौतर्फि बिरोध एव भत्र्सना भईरहेको छ । शुक्रबार काठमाण्डौँको तिनकुनमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रशाईको नेतृत्वमा भएको आन्दोलनमा पत्रकार रजकलाई जिउँदै आगोमा जलाएर हत्याको चौतर्फि बिरोध एव भत्र्सना भईरहेको हो । समाचार संकलनका क्रममा एक स्थानीयको घरको माथिल्लो तलाबाट समाचार संकलनका लागि खटिएका एभिन्यूजका पत्रकार रजकलाई आन्दोलनकारीले थुनेर बाहिर आउन नदिएपछि जलेर निधन भएको थियो ।

राजतन्त्र ल्याउँछौँ भन्दै यरी पत्रकारलाई जिउँदै जलाउने, व्यक्तिका घरमा आगजनी गर्ने, संचार माध्यमममा तोडफोड आगजनीको देशभर तथा विदेशमा समेत बिरोध एव भत्र्सना जाहेर गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश, केन्द्रीय समिति, प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर लगायतका प्रेस संघ संगठनहरुले घोर भत्र्सना एव निन्दा गरेको छ । राजधानी सहित विभिन्न जिल्लाहरुमा महासंघकै अगुवाईमा घटनाको भत्र्सना जाहेर गरिएको छ । पत्रकार रजकको हत्यादेखि विभिन्न संचार माध्यममा आक्र्रमण आगजनीको नेपाल पत्रकार महासंघ कञ्चनपुरले समेत भत्र्सना जाहेर गरेको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार रजकको हत्यादेखि विभिन्न संचार माध्यममा आक्र्रमण आगजनी जस्ता गैर लोकतान्त्रिक अपराधजन्य गतिबिधीको भन्र्सना जाहेर गरेको हो ।

पत्रकार महासंघ शाखाले जारी गरेको विज्ञप्ती अनुसार समाचार संकलनका लागि खटिएका पत्रकार रजकको जलेर मृत्युको घटना, संचार माध्याममा हुलहुज्जल गरेर तोडफोड एव आगजनीको भत्र्सना जाहेर गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाको छानबिन गर्दै दोषि उपर कार्बाहीको माग, मृतक पत्रकारको घर परिवारलाई क्षतिपूर्ति, न्याय, तोडफोड एव आगजनी गरिएका संचार माध्यामलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ । दोषि उपर कार्बाही नगरी र आगामी दिनमा पत्रकार र संचार माध्यमम माथिको आक्रमण नरोकिएर आन्दोलनको चेतावनी दिएको छ ।

ताजा समाचार