कञ्चनपुर चुरे क्षेत्रका उपभोक्तालाई वन व्यस्थापन तालिम

कञ्चनपुर : कञ्चनपुरको चुरे क्षेत्रका उपभोक्तालाई वन व्यवस्थापन तालिम लिन लागिएको छ । जिल्लाको भीमदत्त र बेदकोट नगरपालिका चुरे क्षेत्रका सामुदायिक वनका उपभोक्ताहरुलाई वन व्यवस्थापन तालिम लिन लागिएको हो । चुरे सरक्षण सञ्जाल नेपालले सामुदायिक वनका उपभोक्ता, सदस्य एव उपभोक्ताहरुलाई दीगो वन व्यवस्थापन तालिम दिन लागेको जनाएको छ ।

चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापनक करन भट्टले चुरेसंगै प्रत्यक्ष जोडिएका १० सामुदायिक वनका पदाधिकारी, सदस्य एव उपभोक्ता गरेर ३० जनालाई तालिम दिएको बताए । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले तराई भूपरिधी कार्यक्रम (ताल)को आर्थिक सहयोगमा उपभोक्ताहरुलाई दीगो वन व्यवस्थापन तालिम दिन लागेको बताए ।

‘चुरे क्षेत्र अत्यन्तै सम्वेदनशिल क्षेत्र हो, यसको समयमै सरक्षण गर्न नसके जोखिम बढ्छ, ‘उनले भने, ‘त्यसैले सामुदायिक वनका पदाधिकारी, सदस्य एव उपभोक्ताहरुलाई संयुक्त रुपमा तालिम दिन लागेका छौँ ।’ वन, पर्यावरण एव बन्यजन्तुको सरक्षणका लागि उपभोक्ताहरुलाई थप ज्ञानसिप हासिल गराउने उदेश्य रहेको अध्यक्ष कुँवरले बताए । अहिले सुख्खायाम भएको वनमा डडेलो, आगलागीका घटना समेत निम्तिने भएकाले विवित वनको सरक्षण बारे तालिममा सिकाईने बताउँदै उनले सहभागिहरुलाई नमुना सामुदायिक वनको समेत अध्ययन भ्रमण गराईने बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुर, विश्व बन्यजन्तु कोष (डब्लूडब्लूएफ)का कार्यक्रम सहायक अस्मिता सिग्देल, तराई भूपरिधी कार्यक्रम(ताल)का फिल्ड सहायक शेर बहादुर चौधरीले दीगो वन व्यवस्थापन कसरी गर्ने विषयमा प्रशिक्षण दिएका छन । बेदकोटको अमर सामुदायिक वनका अध्यक्ष समेत रहेका चुरे सरक्षण सञ्जाल नेपालका उपाध्यक्ष मोहन चन्दले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयन गर्दा वनको विकासमा टेवा पुग्ने बताए । शनिबारसम्म संचालन हुने तालिमका सहभागिहरुले तालिम प्रभावकारी भएको तर बढि समयमको हुनुपर्नेमा जोडदिएका छन । चुरे सरक्षण सञ्जाल नेपालले सरक्षणका क्षेत्रमा विवित कार्यक्रम गर्दै आएको छ ।

ताजा समाचार