संघीयता खारेजीका लागि राप्रपा नेपालले संयुक्त छलफल गर्दै

कञ्चनपुर: सघीयताले केही सिमित दल, नेता एव कर्मचारीहरुका लागि मालामाला तर, जनतालाई घाटैघाटा भएको भन्दै राप्रपा नेपालले संयुक्त छलफल,बहस गर्ने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा सुप प्रदेशका अध्यक्ष चक्रदेव जोशीले सघीयताले केही सिमित दल, नेता एव कर्मचारीहरुका लागि मालामाला तर, जनतालाई घाटैघाटा भएको भन्दै राप्रपा नेपालले संयुक्त छलफल,बहस गर्ने भएको बताए ।

राप्रपा नेपाल सुप प्रदेश अध्यक्ष जोशीले आउँदो शनिबार महेन्द्रनगर पाटी कार्यालयमा हिन्दुराज्य, राजावादी पक्षधरदेखि संघीयता खारेजीको एजेण्डा अघि सारेका पक्षधरविच संयुक्त छलफल राखेर दवावमुलक कार्यक्रम गर्ने बताए । विश्व हिन्दु जनजागरण गैरक्षा अभियानका अध्यक्ष समेत रहेका राप्रपा नेता जोशीले हिन्दुमाथि डलरबादीहरुले अनाधिकृत रुपमा प्रवाह गर्दै मुलुकमाथि संकटै संकट उत्पन्न गराएको बताए ।

संघीयतामा जनतालाई हुनुपर्ने सुविधा, लाभ नेता कर्मचारीहरुलाई हुँदा जनता मारमा परेको भन्दै संघर्षको चेतावनी दिएका छन । जनताका लागि आएको संघीयता अरुले रजाई गरेकाले यसको अर्थ नहुने भन्दै संघीयता विपक्षी धार समुहलाई अघि सारेर अघि बढ्ने उनको भनाई छ ।

ताजा समाचार