रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित

कञ्चनपुर: कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्रको प्यानलै निर्वाचित भएको छ । अखिल क्रान्तिकारी नेतृ रबिना राना सभापतिमा निर्वाचित भएकी र अन्य यस अघि नै निर्बिरोध निर्वाचित भएका छन । त्रिभुवन विश्वविद्यालय अन्र्तरगत बेलौरी नगरपालिका ८कलकत्तामा रहेको रामपुर बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी विद्यार्थी नेता राना सभापतिमा निर्वाचित भएकी हुन ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले राना सभापतिमा निर्वाचित भएको बताए । रानाले आफ्ना एमाले निकट अनेरास्ववियुकी बिमला रेग्मीलाई ५मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएकी छिन । बिमलाले ८, रेग्मीले ३ र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनकी सोभा विष्टले २ मत ल्याएकी छिन । कुल १४ मतदाता रहेको रामपुर बहुमुखी क्याम्पसमा १३मत खसेको क्याम्पस प्रमुख मदन बहादुर चन्दले बताए । यस अघि पनि अखिल क्रान्तिकारीकै पदाधिकारी सदस्य निर्बिरोध निर्वाचित भएका थिए ।

सचिवमा क्रान्तिकारीका निसा लम्साल, कोषाध्यक्षमा रुक्मणी चौधरी, सदस्यहरुमा रामफुल राना, रामेश्वरी राना, सिजना चौधरी, लिला राना, फुलकुमारी राना, रिता चौधरी निर्बिरोध निर्वाचित भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले निर्वाचित पदाधिकारीलाई बधाई दिएको र अन्य क्याम्पसमा जित हासिल गर्ने दावि गरेका छन । त्रिविका कञ्चनपुरमा आंगिक सहित १५ क्याम्पस भएपनि ६मा मात्रै निर्वाचन भएको थियो ।

ताजा समाचार